३ कार्तिक २०८३, मंगलबार

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो ?

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । नेपाली बजारमा सोमबार दुई सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि दुई सय रुपैयाँले नै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार पनि छापावाल सुनको मूल्य तोलामा दुईसयले घटेको हो ।

आज छापावाल सुनको मूल्य तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँले कारोबार भइरहेको छ ।

यसैगरी आज तेजावी सुन प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।