३ कार्तिक २०८३, मंगलबार

पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलामाथिको मोटरेबल पुल भासिँदा बन्द भएको पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।

सोमबार अपरान्ह ४ बजेदेखि बन्द रहेको राजमार्ग मंगलबार बिहान एकतर्फी सञ्चालनमा आएको हो । सडक भासिएको ठाउँमा ग्याबिन भरेर सडक खुलाइएको प्रहरीले जानकारी दिएको छ ।

यातायात ठप्प हुँदा धार्के र धार्के आसपासमा सवारीसाधनको लामो जाम लागेको छ । यात्रु अलपत्रमा परेका छन् ।

पूर्वपश्चिमबाट आउने केही यात्रु स्थानीय गाडी प्रयोग गरेर वैकल्पिक बाटोबाट गन्तव्यतर्फ हिँडेका छन् भने अधिकांश यात्रु त्यही रोकिएका छन् । धार्के क्षेत्रमा जाम लागेपछि प्रहरीले गाडीलाई बीच बाटोमै रोकेका छन् ।