
काठमाडौं, १९ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत युएईले दिएको ११८ रनको लक्ष्य पछ्याइरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।
नेपालका कप्तान रोहित पौडेल एक रनमा आउट भएका छन् । कप्तान पौडेल आउट भएसँगै नेपाललाई थप दबाब बढेको छ । उनलाई युएईका बलर रोहन मुस्तफाले आउट गरेका हुन् ।
यसअघि नेपालका ओपनर ब्याटसम्यान कुशल भुर्तेल १ रनमा र आशिफ शेख ८ रनमा आउट भएका थिए ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालले ८ ओभरमा तीन विकेटको क्षतिमा २२ रन बनाएर खेलिरहेको छ ।















प्रतिक्रिया