३ कार्तिक २०८३, मंगलबार

राष्ट्रिय क्रिकेट टोलीमा पर्न यौन प्रस्ताव स्वीकार्नुपर्ने बाध्यता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sri Lanka women’s Cricket Team win thrillerकोलम्बो, ११ जेठ । श्रीलंकाको खेलकुद मन्त्रालयले यहाँको राष्ट्रिय महिला क्रिकेट टोलीका केही खेलाडीलाई टोलीमा पर्न बोर्ड पदाधिकारीले आफूसँग यौनसम्पर्क राख्नुपर्ने प्रस्ताव अघि सारेको खुलासा गरेको छ ।

मन्त्रालयले बनाएको एक छानबिन समितिले महिला खेलाडीलाई यौनसम्पर्कका लागि बोर्ड पदाधिकारीले बाध्य बनाएको प्रमाण फेला परेको जनाइएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

आफ्ना केही पदाधिकारीले महिला क्रिकेटरलाई राष्ट्रिय टोलीमा पर्न यौनसम्पर्कको लागि बाध्य बनाएको आरोप लागेपछि श्रीलंकाली क्रिकेट बोर्डले गत नोभेम्बरमा छानबिन समिति गठन गर्न निर्देशन दिएको थियो ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा गठिन तीन सदस्यीय छानबिन समितिले मन्त्रालयलाई बुझाएको प्रतिबेदनमा महिला खेलाडीलाई यौनसम्पर्कको प्रस्ताव राखिएको आरोप सत्य भएको उल्लेख गरिएको छ ।