काठमाडौं, ११ जेठ । भूकम्पका कारण शिक्षा अस्पताल महाराजगंज आर्थिक संकटमा परेको छ ।
यसले गर्दा स्वास्थ्थकर्मी, कर्मचारीले वैशाखको तलव पाएका छैनन् ।
महाभूकम्पपछि अस्पतालमा आएका अधिकांश बिरामीलाई निशुल्क शल्यक्रिया र औषधि उपचार गर्नुपर्दा अस्पतालको आन्तरिक स्रोतबाट हुने आम्दानी शून्य भएको कान्तिपुर दैनिकले छापेको छ ।
‘जसका कारण समयमै तलव खुवाउन नसकेका हौं’, अस्पताल कार्यकारी निर्देशक डाक्टर दीपक महराले भने, ‘सरकारसँग रकम माग गरिरहेका छौं ।’















प्रतिक्रिया