
काठमाडौं, १८ वैशाख । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा दुईसयले घटेको हो । आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार रुपैयाँका कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख आठ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।
चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया