
काठमाडौं, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायम राख्ने भन्ने निर्णय गर्नेछ ।
केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने केन्द्रीय समितिको बैठकले समर्थनबारे निर्णय गर्नेछ । यस्तै आजै संसदीय दलको बैठक पनि बस्नेछ ।
संसदीय दलको बैठकले रवि लामिछानेलाई पुन: संसदीय दलको नेता चयन गर्नेछ । यसअघि सर्वोच्च अदालतको आदेशपछि सांसद पद गुमाएका लामिछाने संसदीय दलको नेताबाटसमेत हटेका थिए ।
लामिछाने हटेपछि डिपी आर्याल संसदीय दलको नेता बनेका थिए । लामिछाने चितवन २ बाट पुन निर्वाचित भएर आएपछि आर्यालले केही दिनअघि दलको नेताबाट राजीनामा दिएका थिए ।















प्रतिक्रिया