
काठमाडौं, १७ वैशाख । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसदबाट विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री चौधरीले वैशाख १९ र मुख्यमन्त्री पाण्डेले २१ गते संसदबाट विश्वासको मत लिने भएका हुन् ।
चौधरी र पाण्डे गत बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए । दुवै प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि काँग्रेसबाट चौधरी र पाण्डे मुख्यमन्त्री बनेका हुन् ।
दुवै मुख्यमन्त्री गठबन्धन दलहरूको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।















प्रतिक्रिया