
काठमाडौं, १७ वैशाख । सुख्खा पहिरोले संखुवासभास्थित अरूण नदी थुनिएको छ ।
प्रहरीले दिएको जानकारीअनुसार निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो आयोजनास्थल फ्याक्सिन्दामा सुख्खा पहिरो खसेपछि नदी थुनिएको हो ।
थुनिएको नदीलाई खोल्ने प्रयास भइरहेको छ । निरन्तर पहिलो खसिरहेकाले नदी खुलाउन केही समय लाग्ने देखिएको छ ।
नदी खोल्न प्रहरी र स्थानीय जुटिरहेका छन् ।















प्रतिक्रिया