
काठमाडौं, १७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्कदैँ छन् ।
स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि भारतको नयाँ दिल्ली गएका पौडेल आज स्वदेश फर्कन लागेका हुन् ।
पौडेल उपचारका लागि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा ११ दिनअघि भर्ना भएका थिए । राष्ट्रपति पौडेले बेलुकी साढे ८ बजेको नेपाल एयरलाइन्सको नियमित उडानबाट नेपाल फर्कन लागेका हुन् ।















प्रतिक्रिया