३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्रीलाई भेटेर के कुराकानी गरे रविले ?

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न रवि आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई चितवन-२ बाट पुन: प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकामा बधाई दिएका थिए ।

भेटमा प्रचण्डले रविलाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए । रविले भने आफ्नो पार्टीले सरकारको नीति तथा कार्यक्रममा राखेका एजेण्डा हटाएकामा असन्तुष्टि व्यक्त गरेका थिए ।

जवाफमा प्रचण्डले सरकारमा सहभागी भए नीति तथा कार्यक्रममा एजेण्डा पुन: राख्ने आश्वासन दिएका थिए ।

प्रचण्ड र रविबीच समसामायिक राजनीतिक विषयवस्तुमा पनि छलफल भएको बताइएको छ ।