
काठमाडौं, १७ वैशाख । जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षकले जिल्ला कारागार डोल्पामा कार्यरत प्रहरी हवल्दारमाथि कुटपिट गरेका छन् ।
प्रहरी निरीक्षक नविन चापागाईंको कुटपिटबाट प्रहरी हवल्दार हरि आरसी घाइते भएका छन् ।
हवल्दार आरसस्को आँखा, कान र मुखमा चोट लागेको छ । शनिबार बिहान इन्सपेक्टर चापागाईँले आरसीमाथि कुटपिट गरेका हुन् । उनलाई उपचारका लागि नेपालगञ्ज ल्याइएको छ ।
शनिवार बिदाका दिन हवल्दार आरसी साथीहरूसँग बसेर मदिरा सेवन गरिरहेका बेला कार्यालमै बोलाएर इन्स्पेक्टरले कुटपिट गरेका बताइएको छ ।















प्रतिक्रिया