३ कार्तिक २०८३, मंगलबार

डिपी अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेताबाट दिए राजीनामा

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल नेताबाट डोलप्रसाद अर्याल (डिपी) ले राजीनामा दिएका छन्।

सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेलाई नागरिकता विवादमा दोषी ठहर गरेपछि सांसद सहित सभापति पदसमेत गुमाएपछि अर्याल संसदीय दलको नेता बनेका थिए ।

उपनिर्वाचनमार्फत लामिछाने पुन सांसद बनेर आएसँगै अर्यालले राजीनमा दिएका हुन् । अब लामिछानेनै संसदीय दलको नेता बन्नेछन् ।

अर्यालले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई बुझाएको राजीनामा आज पार्टीको संसदीय दल बैठकले स्वीकृत गरेको हो ।