
काठमाडौं, १६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी प्रिमियर कपको फाइनलमा पुगेको नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रचण्डले टोलीलाई बधाई दिएका हुन् । प्रधानमन्त्रीले खेलाडीहरूलाई सरकारले उचित सम्मान गर्ने पनि प्रतिवद्वता व्यक्त गरेका छन् ।
‘एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई हार्दिक बधाई । क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ प्रधानमन्त्रीले लेखेका छन् ।
नेपाल र कुवेतबीचको सेमिफाइनल खेलका क्रममा भारी वर्षा भएपछि खेल रद्द भएको थियो । खेल रद्द भएसँगै नेपाल सोझै फाइनलमा पुगेको छ ।
खेल नतिजाविहीन बनेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।नेपालले फाइनलमा अब यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।















प्रतिक्रिया