३ कार्तिक २०८३, मंगलबार

भू–बनावट, भेषभूषा र सांस्कृतिक विविधताका कारण नेपालको विशिष्ट पहिचान छ: कार्यवाहक राष्ट्रपति यादव

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको भू–बनावट, भेषभूषा र सांस्कृतिक विविधताका कारण विश्वमा नेपालको विशिष्ट पहिचान रहेको बताएका छन् ।

२५६७औं बुद्ध जयन्तीको अवसरमा शनिबार ललितपुरमा आयोजित भिन्छेबाहाः बौद्ध महोत्सवको उद्घाटन गदैं नेपालको विशिष्ट पहिचान जनाउन क्षेत्रलाई संरक्षण गर्नुपर्नेसमेत बताए ।

उनले विश्वको सर्वोच्च शिखर सगरमाथा र विश्वमै शान्तिको प्रतिकको रुपमा रहेका गौतम बुद्धले नेपालको शिर उच्च बनाएको धारणा राखे ।

यादवले अहिले पनि गौतम बुद्धको वाणीहरु सान्दर्भिक रहेकाले यसलाई सबैले अनुसरण गर्नुपर्ने बताए । समाजलाई योग्य चेतनाबोधको बाटो देखाउने र विश्वलाई हिंसाको बाटो छोडि अहिंसा, मित्रता, विश्वबन्धुत्वको मार्ग प्रशस्त गर्नका लागि बुद्धको वाणीहरु महत्वपूर्ण रहेको उनको भनाइ छ ।

कार्यक्रममा कार्यवाहक राष्ट्रपति यादवले बौद्ध कला प्रदर्शनको उद्घाटन गर्दै प्रदर्शनी सम्बन्धी पुस्तक बिमोचनसमेत गरेका थिए ।