३ कार्तिक २०८३, मंगलबार

सांसदहरूलाई ढ्यांग्रो ठोकेर लखेट्ने महावीर पुनको चेतावनी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरुले काम नगरे ढ्यांग्रो ठोकेर लखेट्ने चेतावनी दिएका छन् ।

काठमाडौंको माइतीघरमा जारी आन्दोलनका क्रममा पुनले काम नगरे सांसदहरूलाई ढ्याङ्ग्रो ठोकेर लखेट्ने चेतावनी दिएका हुन् ।

उनले सांसदहरुले खादा,माला र भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर कानून बनाउन समय नमिल्ने हो रु भन्दै प्रश्नसमेत गरे ।

‘अनुसन्धान आविष्कार नवप्रवद्र्धन गर्ने विभाग खोई रु हाम्रो माग पूरा नभएसम्म हामी धर्ना बस्छौँ । यो अनुरोध सबै पार्टीलाई हो । अरु पार्टी पनि आएर मेरो भाषण सुनुन् । की मलाई संसदमा गएर बोल्ने व्यवस्था गरिदिउन् । यो नेपालीको दर्द हो, संसदमा केहीले बोले रे आज पनि बोल्ने रे भन्ने मान्छे आएका छन्, बोलेर मात्रै केही हुँदैन, बोलेर हुने भए सबै भइसक्थे, बोलेर कदम चाल्ने नेताज्युहरु चाहियो’, उनले भने, ‘यो सांसदको जिम्मा हो । सांसदलाई भाषण गर्न, उद्घाटन गर्न, माला लगाउन समय मिल्ने, तर नभइ नहुने ऐन,कानून बनाउन समय नमिल्ने, हामीले त बनाउन पाइँदैन, सडकबाट त ऐन बन्दैन । सांसदलाई काम गरेनन् भने ढ्याँग्रो ठोक्दै लखेट्नुपर्छ ।’