३ कार्तिक २०८३, मंगलबार

एयर इन्डियाको जहाजले त्रिभुवन विमानस्थलमा किन गर्‍यो ‘ओभरसुट’ ?

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको एयर इन्डियाको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा केही बेरअघि जहाजले ओभरसुट गरेको हो ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार एयर इन्डियाको जहाज ‘अनस्टेवल एप्रोज’ भएकाले ओभरसुट गरिएको हो ।

यसरी ओभरसुट गरेको जहाजले एक राउन्ड लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ । सिमरामाथिको आकाशबाट काठमाडौँ विमानस्थलमा एप्रोच लिनुपर्ने हुन्छ ।

अन्तर्राष्ट्रिय उडानका जहाजले काठमाडौँ विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै एप्रोच लिने गरेका छन् ।