३ कार्तिक २०८३, मंगलबार

राप्रपाका नेताहरू पनि माइतीघर पुगेर महावीर पुनसँगै बसे धर्ना (तस्वीरहरूसहित)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । विभिन्न माग राख्दै आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनमा ऐक्यवद्वता जनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू पनि माइतीघर पुगेका छन् ।

पार्टीका निर्देशन समितिका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका नेताहरू माइतीघर मण्डला पुगेर पुनसँगै धर्नामा बसेका हुन् ।

पुनले राखेका मागहरू जायज रहेकाले आफूहरूको समर्थन रहने राप्रपाका नेताहरूले बताए ।

वरिष्ठ उपाध्यक्ष मिश्रले योग्यता पुगेका सक्षम युवालाई विदेश पलायन हुनबाट रोक्न र नेपाललाई सबल, सक्षम र आत्मनिर्भर बनाउन पुनको प्रयास सह्रानीय रहेको र राज्यले पुन जस्ता निस्वार्थ अभियन्तालाई खोज, अनुसन्धानका लागि उचित वातावरण सिर्जना र प्रोत्साहित गरिनुपर्नेमा जोड दिए ।