३ कार्तिक २०८३, मंगलबार

पूर्वसांसद खातुन जेल चलान

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । कोशी प्रदेशकी पूर्व सांसद गुलेफन खातुन जेल चलान भएकी छन्।

सरकारी सहिछाप किर्ते आरोपमा दोषी ठहर भएकी खातुन जेल चलान भएकी हुन् । उनी एमालेबाट समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य भएको थिइन् ।

दोषी ठहर भएपछि फरारको रहेकी खातुनले शुक्रबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेकी थिइन् । ‘सरकारी सहीछाप र दस्तखत किर्ते’ मुद्दामा जिल्ला अदालत मोरङले उनलाई एक वर्ष कैद फैसला गरेको छ ।

२०७४ वैशाख ३१ गते तत्कालीन जिल्ला अदालत मोरङका जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले सांसद खातुन सहित उनका श्रीमान् शेख शिलबर मियाँ, तत्कालीन गाविसका कर्मचारी विजय कामत र दिपचन्द मण्डललाई एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना सुनाएको थियो ।