
कञ्चनपुर, १५ वैशाख । कञ्चनपुरमा १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
बालिका बलात्कारको अभियोगमा भिमदत्त नगरपालिका–८ तिलाचौर बस्ने १९ वर्षीय पारस ठकुरी देउवालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
देउवाले ती बालिकालाई बिहीबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई गड्डाचौकी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया