२९ आश्विन २०८३, बिहिबार

मुलुकमा शान्ति सुरक्षा कामय गर्न एमालेको माग

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ वैशाख । नेकपा एमालेले सरकारसँग मुलुकमा शान्ति सुरक्षा कायम गर्न माग गरेको छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालमा आज गरेको पत्रकार सम्मेलनमार्फत एमालेले मुलुकमा पछिल्ला दिनमा भइरहेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षा कायम गर्न माग गरेको हो ।

पत्रकार सम्मेलनमा एमालेका उपमहासचिव विष्णु रिमाललले एमालेका शीर्ष नेतामाथि आक्रमणको प्रयास भइरहेको बताए । उनले भने, ‘शान्ति सुरक्षाको अवस्था कमजोर हुनु, शीर्ष नेताको गतिविधिमा अवरोध हुनु, समाजमा अस्थिरताका सिर्जना हुनु र अर्थतन्त्र पनि कमजोर हुनु अहिलेको चिन्ताको विषय हो ।’

उनका अनुसार पछिल्लो पटक एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुभाषचन्द्र नेम्बाङ कोशी प्रदेशका विभिन्न ठाउँमा गएको बेला आक्रमण भएको भएको छ । ‘हाम्रो अध्यक्ष झापाको घटनापछि इलाम जानुभयो । त्यहाँ जाँदा पनि फेरि अवरोधको प्रयास गरियो,’ उनले भने, ‘हिजो पशुपतिनगरबाट फर्किँदा आउँदा ढुङ्गा राखेर बाटो छेकियो । आज पनि तेह्थुमको देउडी भन्ने ठाउँमा प्राविधिक स्कुल उद्घाटन गर्न गएको बेला दुई चार जनाले कालो भण्डा देखाउने काम भयो ।’

उपमहासचिव रिमालले कालोझण्डा देखाउने, विरोध प्रदर्शन गर्ने र असहमति जनाउने कुराको कुनै चिन्ता नभएको भन्दै तर एउटा ठूलो दलको शीर्ष नेतालाई अनावश्यक ढङ्गले अवरोध सिर्जना गरेको विषयले पार्टीलाई गम्भीर बनाएको बताए । उनले एमालेले आफ्नो नेता तथा कार्यकर्ताको सुरक्षा आफैं गर्नपर्ने स्थिति नल्याउन आग्रह गरे ।

‘हरेक दलले आफ्नो नेता तथा कार्यकर्ताको सुरक्षा आफैँ गर्ने स्थिति आयो भने मुलुकमा राज्य कहाँ र शासन कसरी हुन्छ भन्ने प्रश्न खडा हुन्छ,’ उनले भने, ‘त्यस्तो स्थिति नआओस् भनेर हामीले चिन्तित रहेका छौँ ।’

पत्रकार सम्मेलनमा एमाले सचिव योगेश भट्टराईले एमालेका शीर्ष अनेता लक्षित गरेर अहिले आक्रमण गर्नु निन्दनीय भएको बताए । उनले शान्तिपूर्ण रुपमा विरोध गर्नु ठीक रहेको तर नेता लक्षित आक्रमण निन्दनीय रहेको बताए । उनले कोशी प्रदेशका नामका सम्बन्धमा शान्तिपूर्ण रुपमा विरोध गर्न पाइने भन्दै तर कुनै दल विशेषका नेतालाई आक्रमण गर्न नपाइने बताए ।

नेता भट्टराईले मधेश प्रदेश नामकरणमा एमालेको विरोध गरेको र प्रदेशसभाले निर्णय गरेपछि एमालेले स्वीकार गरेको बताए । ‘कोशी प्रदेश नामाकरणको असहमतका सम्बन्धमा सम्मान गर्दछौँ,’ उनले भने, ‘तर उहाँले जुन शैली अपनाउनुभएको छ । त्यसको विरोध गर्दर्छौँ । अझ एमाले नेतामाथिको आक्रमणको हामीले निन्दनीय छ ।’ हिजो एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटी आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको दुव्र्यवहारको प्रयास गर्नेलाई कारबाहीको माग गरेको थियो ।