२९ आश्विन २०८३, बिहिबार

एमालेका नेता तथा कार्यकर्ताले आफ्नो सुरक्षा आफै गर्नुपर्ने अवस्था आयो : विष्णु रिमाल

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ वैशाख । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले एमालेका नेता तथा कार्यकर्ताहरूले आफ्नो सुरक्षा आफैं गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

आज शुक्रबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान सरकार देशमा शान्ति, सुरक्षा कायम गर्न असफल भएको बताउँदै उनले आफ्नो नेता तथा कार्यकर्ताको सुरक्षाको जिम्मेवारी आफैैले लिनुपर्ने अवस्था आएको बताएका हुन् ।

एमाले कमजोर बनाउन राज्यसंरक्षित आतंक सिर्जना भएको उनको भनाइ छ । यस्तै, उनले झापामा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरी गरिएको आक्रमण योजनाबद्ध भएको दाबी पनि गरेका छन् । आकस्मिक रुपमा घटेको घटना हो कि भनेर ठाने पनि आक्रमण योजनाबद्ध रुपमा भएको देखिएको उनले पत्रकार सम्मेलनमा बताए ।

पत्रकार सम्मेलनमा सचिव योगेश भट्टराईले कोशी प्रदेशमा भइरहेको आन्दोलनमा प्रधानमन्त्री पुष्पकमल दाहालले नै आगोमा घिउ थप्ने काम गरेको बताए ।