२९ आश्विन २०८३, बिहिबार

मौका पाउनेबित्तिकै ब्रह्मलुट मच्चाउने प्रवृत्ति देखियो, यसलाई रोक्नुपर्छ : राजेन्द्र लिङ्देन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राज्य स्रोतमा हातहाल्न पाउनेबित्तिकै ब्रह्मलुट मच्चाउने प्रवृत्ति देखा परेको बताएका छन् ।

आज शुक्रबार काठमाडौंमा राप्रपा बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लिङ्देनले श्रोत साधनको अभावका कारण विकास आयोजनाहरु सुस्त रहेको, ऋण उठाएर चालू खर्च चलाउनुपरेको अवस्थामा अहिले राज्य स्रोतमा हात हाल्न पाउनेबितिकै ब्रह्मलुट मच्चाउने प्रवृति देखा परेको बताएका हुन् ।

अहिलेको अवस्थामा राष्ट्रपतिको औषधि उपचारका लागि विदेशयात्रा जानु र अयोग्य लडाकुलाई रकम दिने तयारी गलत भएको अध्यक्ष लिङ्देनको भनाइ छ ।

लिङ्देनले प्रारम्भदेखि नै उपनिर्वाचनलाई प्राथमिकतामा नराखेका कारण मत परिणामले आत्तिनुपर्ने कुनै कारण नभएपनि जनताले विकल्पको खोजी गरेको सन्देश दिएको बताए ।

उनले यसअघि सरकारको नेतृत्व गरेकाले नै प्रतिवद्धताबिपरीतको काम गरेकाले सरकार छाडेको स्पष्ट पार्दै सरकारमा बसेका समयमा राप्रपाका मन्त्रीहरुले गरेको कामका कारण लजाउनुपर्ने र शिर झुकाउनुपर्ने अवस्था नआउने जिकिर गरे ।

त्यस्तै उनले भागबण्डा गरेर र पहिलेको अवस्था फर्काएर पार्टीलाई समाप्त पार्ने छुट आफूलाई नभएको स्पष्ट पारे ।

लिङ्देनले पार्टीमा बसेर पार्टीलाई नै भोट दिन सकिदैन भने पार्टी छाडेर सघाउन सुझाव दिए ।