
काठमाडौं, १५ वैशाख । नेकपा एमालेका सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिबिनै संसदको हिउँदे अधिवेशन अन्त्य हुन लागेको बताएका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा उनले प्रधानमन्त्री सदनमा नआउँदा जनताका कैयन प्रश्नहरूको उत्तर नपाएकोप्रति दुःख व्यक्त गर्दै संसदमा प्रधानमन्त्री उपस्थिति नहुनु जनताप्रतिको मानमर्दन भएको बताएका छन् ।
‘हामीले यो हिउँदे अधिवेशन अन्त्य हुँदैछ भन्ने समाचार बाहिर सुनिराखेका छौँ । तर, यो सदन हाम्रो सम्माननीय प्रधानमन्त्रीसँग भेट भएर सकिने हो कि नभइ सकिने हो ? सदनमा उठेका प्रश्नहरूको जवाफ संसदले पाउने हो कि नपाउने हो प्रश्न उठिराखेको छ,’ उनले बैठकमा भने ।















प्रतिक्रिया