
पोखरा, १५ वैशाख । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।
मन्त्रिपरिषदमा कांग्रेसबाट सरस्वती अर्याल र माओवादी केन्द्रबाट सुशीला सिम्खडालाई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् तीन सदस्यीय बनाएका हुन् ।
बिहीबार मुख्यमन्त्री नियुक्त भएका पाण्डेले आज आफ्नो सपथलगत्तै मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हिजो संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।















प्रतिक्रिया