२९ आश्विन २०८३, बिहिबार

अर्थतन्त्र धरमराइरहेको बेला अयोग्य लडाकु र भत्तामा राजनीति नगरौँ : विष्णु रिमाल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ वैशाख । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले मुलुकको अर्थतन्त्र धरमराइरहेको बेलामा अयोग्य लडाकु र भत्तामा राजनीति गर्न नहुने बताएका छन् ।

आज फेसकुबमा लेख्दै उनले अयोग्य लडाकु र भत्तामा राजनीति नगर्न सरकारलाई सुझाव समेत दिएका छन् ।

‘प्रधानमन्त्री ज्यू, मुलुकको अर्थतन्त्र यति नराम्रोसँग धरमराई रहेको बेला यस्तै निर्णय गर्ने हो र ? द्वन्द्वबाट भविष्य बर्बाद पारिएका युवा–स्वाभिमानलाई अझै नचिमोटौं । मानवीय संवेदनासँग नखेलौं ! ‘अयोग्य, लडाकु र भत्ता’ जस्ता विषयमा ‘राजनीति’ नगरौं प्लिज !,’ रिमालले लेखेका छन् ।

यस्तो छ रिमालको भनाई–

करिब ८० अर्ब निर्माण सम्पन्न भएका परियोजनाको भुक्तानी बाँकी,
करिब ५ अर्ब शिक्षकको पेन्सन बापतको भुक्तानी बाँकी,
करिब १० अर्ब निजामती कर्मचारीको पेन्सन भुक्तानीमा अपुग,
करिब ५ अर्ब सामाजिक सुरक्षा भत्ताको भुक्तानी बाँकी,
करिब २० अर्ब राज्यले तिर्नुपर्ने ऋणको साँवा/व्याज भुक्तानी बाँकी,
यसरी अनिवार्य दायित्वभित्रको कूल १ खर्ब २० अर्ब भुक्तानी बाँकी!
शान्ति प्रकृयाको क्रममा “अयोग्य” भनिएकाहरुलाई केही राहत दिईएको थियो । फेरी २०७८ को बजेट मार्फत् करिब १ अर्ब यस्तै भुक्तानी गरिएको थियो ।
सुनिंदैछ,
सरकारले प्रदेश र स्थानीय तहमा पठाउनु पर्ने ४४ अर्ब समानिकरण अनुदानमा आधा कटौती गऱ्यो रे! परिणाम– प्रदेश र स्थानीय तहका कर्मचारीको तलव र अनिवार्य दायित्वमा हुने खर्च अब रोकिने छ ।
जनता नुन किन्न सकिरहेका छैनन् ।
बजारको सर्वे गर्नुस्– सर्वसाधारणले प्रयोग गर्ने आन्तरिक वस्त्रको समेत बिक्रि घटेको छ ।
प्रधानमन्त्री ज्यू, मुलुकको अर्थतन्त्र यति नराम्रोसंग धरमराई रहेको बेला यस्तै निर्णय गर्ने हो र ? द्वन्द्वबाट भविष्य बर्बाद पारिएका युवा–स्वाभीमानलाई अझै नचिमोटौं । मानवीय संवेदनासंग नखेलौं !
“अयोग्य, लडाकू र भत्ता” जस्ता बिषयमा “राजनीति” नगरौं प्लीज !