
काठमाडौं, १५ वैशाख । नेपाली बजारमा साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।
आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बिहीबार चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कोरोबार भएको थियो ।















प्रतिक्रिया