
काठमाडौं, १४ वैशाख । मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकका परिवारलाई दुर्घटना बीमाबापतको रकम हस्तान्तरण गरेको छ ।
बैंकले सवारी दुर्घटनामा परी ज्यान गुमाएका आफ्ना ग्राहक कोहलपुर नगरपालिका–११ का स्व. जय प्रकाश घर्तीको परिवारलाई बीमा दाबी भुक्तानीबापत १० लाख रुपैयाँ भुक्तानी गरेको हो ।
घर्तीले बैंकमा बीमा सुविधा भएको मुक्तिनाथ उत्कृष्ट बचत खाता खोलेको र उनका परिवारले आज बीमा दाबी भुक्तानीबापत केही राहत पाएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडसँगको सहकार्यमा मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्ने ग्राहकको बीमा गरेको थियो ।
बैंकले हिजो बुधबार कोहलपुर–११ को वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त रकम मृतककी श्रीमती सलिना ओली घर्तीलाई हस्तान्तरण गरेको हो ।
उक्त रकम बैंकका क्षेत्रीय प्रमुख विजय केसी र वडा अध्यक्ष श्रीमती कल्पना शर्माले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
हाल बैंकको परिवार लक्षित १ करोड १ लाख रुपैयाँसम्मको बीमा सुविधा दिने मुक्तिनाथ आशीर्वाद बचत खाता पनि निकै लोकप्रिय रहेको छ ।















प्रतिक्रिया