
महत्तोरी, १४ वैशाख । नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरूट’ अभियानअन्तर्गत मधेश प्रदेशस्तरीय समीक्षा बैठक महत्तोरीको बर्दिबासमा सुरू भएको छ ।
पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यता र मधेश प्रदेश कमिटीका अध्यक्ष रामअवतार यादवको अध्यक्षतामा सुरू भएको बैठकमा अभियानको हालसम्मको समीक्षा गर्नाका साथै आगामी दिनमा गर्नुपर्ने कार्यहरूकाबारेमा छलफल गरिने बताइएको छ ।
भोलिसम्म चल्ने बैठकमा महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्य लालबाबु पण्डितलगायत नेताहरूको आतिथ्यता छ ।
आजको बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले सम्वोधन गरेका छन् भने पर्सा, सप्तरी, बारा, सिरहा र सर्लाहीका पार्टी अध्यक्ष र मिसन ग्रासरुटका लागि केन्द्रीय प्रतिनिधिहरूले अभियानका क्रममा भएका कामको प्रतिवेदन प्रस्तुत गरे ।
भोलि महोत्तरी, धनुषा र रौतहटका जिल्ला अध्यक्ष र केन्द्रीय प्रतिनिधिहरूले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नेछन् ।















प्रतिक्रिया