२९ आश्विन २०८३, बिहिबार

एमालेको लोकप्रियताबाट आत्तिएकाले अध्यक्ष ओलीमाथि आक्रमण गरे : जनजाती महासंघ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । नेकपा एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालले नेकपा एमालेको लोकप्रियताबाट आत्तिएकाहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि सांघातिक हमला गरेको बताएको छ ।

महासंघका अध्यक्ष पासाङ शेर्पाले आज विज्ञप्ति जारी गरी अध्यक्ष ओलीमाथि झापामा भएको सांघातिक हमलाविरुद्ध भर्त्सना गर्दै घटना एमालेकोे बढ्दो लोकप्रियताबाट बिचलित मानसिकताको उपज भएको बताएका हुन् ।

पहिचानको नाममा कोशी प्रदेशमा भइरहेको आन्दोलन र दबाबका कार्यक्रमहरू पहिचान स्थापित गर्नु भन्दा पनि एमालेमाथि सुनियोजित आक्रमण गर्नु रहेको पुष्टि भएको महासंघको भनाइ छ । पहिचानवादीको नाममा हुने यस्ता घटनाले पहिचानको आन्दोलन नै कमजोर बनाउने अध्यक्ष शेर्पाको भनाइ छ ।

‘सामाजिक सद्भाव र एकतालाई कमजोर बनाउने, साम्प्रदायिक विद्वेष फैलाउने र क्रमशः अपराधिकरणतर्फ उन्मुख यस्तो बदनाम आन्दोलनले अन्ततः सिङ्गो आदिवासी जनजाति आन्दोलन र पहिचानको मुद्दालाई नै ध्वस्त पार्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

पहिचानको आन्दोलनका नाममा विगत केही दिनयता कोशी प्रदेश सरकारका मुख्य मन्त्री, मन्त्रीहरू, प्रदेश सभाका सदस्यहरू र नेकपा (एमाले) का नेताहरूमाथि मात्र लक्षित गरी व्यक्तिगत गालीगलौज, सामाजिक दुर्व्यवहार भौतिक हमला गर्ने जस्ता निकृष्ट कुकृत्य निरन्तर प्रकट भएको उल्लेख गर्दै महासंघले पार्टी अध्यक्ष ओली र एमाले नेताहरूमाथि आक्रमणका घटनाबाट आन्दोलनकारीको अभीष्टका रुपमा रहेको पहिचान स्थापित नहुने र यो नेकपा (एमाले) माथिको सुनियोजित प्रहार भएको प्रमाणित भएको जनाएको छ ।

महासंघले यस्ता असामाजिक, अराजनीतिक र अराजक गतिविधिमा संलग्न नहुन र सामाजिक न्याय एवम् सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको पक्षमा दृढतापूर्वक उभिन आदिवासी जनजाति समुदाय र सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक अपिल गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति–