३ कार्तिक २०८३, मंगलबार

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका डिल्लीबहादुर चौधरी नियुक्त

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् ।

काँग्रेस लुम्बिनी संसदीय दलका नेतासमेत रहेका चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

चौधरी नेकपा (माओवादी केन्द्र) सहित ८ दलका ५२ जना र एकजना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । नेकपा एमालेका लिला गिरी नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुख शेरचनले सरकार गठनका लागि आह्वान गरेका थिए ।

नवनियुक्त मुख्यमन्त्री चौधरीले भोलि शुक्रबार पद तथा गोपनीयताको सपथ लिने भएका छन् ।