३ कार्तिक २०८३, मंगलबार

आज कोरोनाबाट थप एकजनाको मृत्यु, १११ जनामा संक्रमण पुष्टि

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । आज (बिहीबार) नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप एकजनाको मृत्यु भएसँगै नेपालमा हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार २९ पुगेको छ ।

यस्तै आज थप १ सय ११ जनामा संक्रमण पुष्टि भएको छ । दुई हजार ५१७ वटा नमुना परीक्षण गर्दा १ सय ११ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयकाअनुसार आज ६० जना निको भएका छन् ।

हाल देशभर ३ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ६ जनाको आईसीयू र एकजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।