२९ आश्विन २०८३, बिहिबार

मास्क लगाए २८ हजार जरिवाना !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rochak

काठमाडौं । मान्छेहरु विभिन्न रोगबाट बच्न मास्क लगाउने गर्छन् । नेपालको काठमाडौंमा अधिकांश नागरिकले मास्क लगाउने गर्छन् । पछिल्लो समय विश्वमा बढ्दै गएको वायु प्रदुषणले निम्त्याउने रोगबाट बच्न समेत पनि सचेत नागरिकले अनिवार्य रुपमा मास्क लगाउने गरेका छन् ।

तर यहाँ एक देशमा अनौठो कानुन लागू भएको छ । नेदरल्याण्डको क्याबिनेट बैठकले सार्वजनिक स्थानमा मास्क लगाउन प्रतिबन्ध लगाएको छ । यो निर्णय अनुसार विद्यालय, अस्पताल र सार्वजनिक सवारीसाधनमा पनि मास्क लगाउन पाइने छैन् ।

सुरक्षा सम्वेदशीलता र मुश्लीम समुदाय महिलाले मास्क लगाउने परम्पराबादी प्रचलन हटाउन यस्तो कदम अपनाएको हो ।

सरकारी अधिकारीका अनुसार खुला सडकमा मास्क लगाउन पाइने छ । जसले यो नियम उल्लङघन गर्छ ति महिलालाई २९० पाउण्ड अर्थात २८ हजार रुपैयाँ जरिवाना सजायँ हुने सरकारी अधिकारी बताएको समाचार एजेन्सीले जनाएको छ ।

यसभन्दा पहिले पनि नेदरल्याण्ड सरकारले सन् २०१२ मा मास्क लगाउन प्रतिबन्ध लगाउन प्रयास गरेको थियो । तर तीव्र विरोधपछि सरकार तत्काललाई त्यो निर्णय फिर्ता लिएको थियो । त्यसपछि अहिले पूर्ण तयारीका साथ यो नियम लागू गरेको हो । एजेन्सी