२९ आश्विन २०८३, बिहिबार

केपी ओलीमाथि आक्रमण प्रयास : एमाले नेताहरूले गृहमन्त्रीलाई भेटेर के भने ? (भिडियो)

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मुलुकमा शान्तिसुरक्षा सुव्यवस्था कायम गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आज बिहीबार सिंहदरबारमा एमाले नेताहरुले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर मुलुकको शान्तिसुरक्षामा अत्यन्त ठूलो चूतौती देखा परेको भन्दै शान्तिसुरक्षा सुव्यवस्था कायम गर्न ध्यानाकर्षण गराएका हुन् ।

झापामा पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीमाथि आक्रमणको प्रयास भएको र उक्त घटनामा संलग्नलाई छिटो भन्दा छिटो कानूनी दायरामा ल्याई कारबाही गर्न ध्यानाकर्षण गराइएको एमाले नेता राजन भट्टराईले जानकारी दिए ।

उनले यस्ता प्रवृत्तिहरुलाई राज्यकै तर्फबाट स्वयम् प्रधानमन्त्रीले प्रोत्साहन गर्न खोजेको देखिएको बताएका छन् । त्यस्तै काठमाडौं महानगर वडा नंवर ६ सरस्वती नगरमा निरा पाण्डे आचार्यको हत्यामा संलग्नलाई पक्राउ गर्न तदारुकता नदेखाएकाले छिटो भन्दा छिटो घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन पनि माग गरिएको उनले बताए ।

नागरिकले सुरक्षाको महसुस गर्न नसकेकाले सरकार रहेको महशुस हुन नसकेको र सरकार असफल हुँदै गएको नेता भट्टराईको छ ।

एमालेका नेताहरुको भेटमा मन्त्री श्रेष्ठले घटनाप्रति सरकार गम्भीर रहेको र छिटो भन्दा छिटो दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएको भट्टराइले जानकारी दिए ।

भट्टराइले आफ्नो नेताहरुको सुरक्षाका लागि एमालेका पंक्ति लाग्नुपर्ने स्थीति आए दुर्भाग्य हुने चेतावनी दिए ।