
काठमाडौं, १४ वैशाख । अभिनेता पल शाहले धरान पुगेर मेयर हर्क साम्पाङलाई गैँती र बेल्चा प्रदान गरेका छन्।
धरानबासीलाई पानी खुवाउन भन्दै निरन्तर खटिइरहेका मेयर साम्पाङलाई शाहले गैँती र बेल्चा प्रदान गरेका हुन् ।
शाहले सामाजिक सञ्जालमा स्टाटससहित तस्बिरहरू सेयर गर्दै मेयर साम्पाङसँग भेट्न पाउँदा खुसी लागेको बताएका छन् ।
‘धरानवासीलाई पानी खुवाउन रात दिन खटिने हर्क साम्पाङ्ग ज्यूसँग सामाजिक कार्यको हिस्सा हुन पाउँदा खुशी छु,’ उनले लेखेका छन् ।
















प्रतिक्रिया