२९ आश्विन २०८३, बिहिबार

नेपाल प्रोफेशनल भिसा एण्ड एजुकेशन सर्भिसेसको नेपाल शाखा उद्घाटन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिर्सेसले नेपालमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

हिजो बुधबार उद्घाटन गरिएको उक्त शाखाको नाम भने प्रोफेशनल भिसा एण्ड एजुकेशन सर्भिसेस नेपाल राखिएको छ ।

काठमाडौंको व्यावसायिक केन्द्र मानिएको सेन्ट्रल बिजनेश पार्क, थापाथलीको दोस्रो तल्लामा उक्त कार्यालयको मुख्यालय राखिएको छ ।

आफ्ना सेवाग्राहीहरूलाई गुणस्तरीय र विश्वसनीय सेवा प्रदान गर्दै आएको प्रोफेश्नल भिसा एण्ड सर्भिसेस सन् २०१५ मा स्थापना भएको हो । यसले आफ्नो स्थापनाकालदेखि नै आफ्नो सेवाका कारण प्रतिष्ठा कमाएको छ ।

सर्भिसेसले निरन्तर शिक्षा र आप्रवासन (माईग्रेसन) सम्बन्धी सबै प्रकारका सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले आफ्नो गुणस्तरीय सेवाका कारण विभिन्न अवार्डसमेत हात पारिसकेको छ । कम्पनीले सन् २०२२/२३ मा शीर्ष–३ को माईग्रेसन एजेन्ट सिड्नी अवार्ड, सन् २०२२/२३ मै बेष्ट विजनेस अवार्ड, सन् २०२२/२३ मै अष्ट्रेलियन स्मल विजनेस च्याम्पियन फाईनलिष्ट, लोकल विजसेन अवार्ड–२०२२ को विजेता र लोकल विजनेस अवार्ड–२०२३ को फाईनलिष्ट अवार्ड प्राप्त गरेको छ ।

प्रोफेश्नल भिसा एण्ड सर्भिसेसका सीईओ निशान्त शर्माले नेपालमा सेवा विस्तार गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । उनले भने,‘हामी नेपालमा पनि आफ्नो सेवा विस्तार गर्न र नेपाली विद्यार्थीहरूलाई भरपर्दो, उच्च गुणस्तरको शिक्षा र आप्रवासनसम्बन्धी सेवा प्रदान गर्न पाउँदा खुसी र हर्षित छौं ।’ उनले आफूहरू सधैं राम्रो नतिजा प्रदान गर्न अब्ब भएको कुरा प्रमाणित भएको पनि स्मरण गराएका छन् ।

उनले थपे, ‘हामीसँग उत्कृष्ट नतिजा प्रदान गरेको रेकर्ड छ । हामी नेपाली विद्यार्थीहरूलाई उनीहरूको शिक्षा र आप्रवासनसम्बन्धीको लक्ष्य प्राप्त गर्न सफल हुनेछौं ।’

उद्घाटन समारोहमा चर्चित नायिकाहरू स्वस्तिमा खड्का र वर्षा राउत, बैंकर अनिलकेशरी शाह र वरिष्ठ अधिवक्ता सुशिल पन्त, कलाकारहरू सरोज प्रजा र विना राउतलगायतका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो । सो अवसरमा प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेसका ग्लोबल विजनेस म्यानगर विपुल खत्रीले कम्पनीको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा बैंकर अनिलकेशरी शाहले प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेसको नेपाल शाखा उद्घाटनले नेपाली विद्यार्थीहरूको लागि अवसर सिर्जना गरेको सुनाए । उनले नेपाली विद्यार्थीहरू उच्च शिक्षाको लागि विदेश जानु बाध्यता भएको बताए । नेपालमै राम्रो अवसर भएको भए त्यस्तो अवस्था सिर्जना नहुने थियो भन्ने उनको भनाई छ ।

नायिका स्वस्तिमा खड्काले पनि उक्त कम्पनीको सफलताको शुभकामना दिइन् । उनले आफूले पनि छिट्टै सेवा लिने बताइन् ।