
काठमाडौं, १४ वैशाख । लुम्बिनी प्रदेशको मुख्यमन्त्री दाबी गर्दै गठबन्धनले आज प्रदेश प्रमुख अमिक शेरचनलाई हस्ताक्षर बुझाउने भएको छ ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै गठबन्धनले हस्ताक्षर बुझाउन लागेको हो ।
नेकपा (एमाले) का लिला गिरी नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।
मुख्यमन्त्री गिरीले वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि सरकार ढलेको हो । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको लागि आज दिउँसो ४ बजेभित्र दावी पेश गर्न समयसीमा दिएका छन्।















प्रतिक्रिया