
काठमाडौं, १३ वैशाख । नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओलीमाथि बुधबार झापाको बुधबारेमा भएको दुर्व्यवहारको प्रयासप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले विज्ञप्ति जारी गर्दै घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।
समाजमा शान्ति र मेलमिलाप भंग गर्ने नियोजित षड्यन्त्र स्वरूप सत्तापक्षकै कार्यकर्तासमेतको संलग्नतामा घटना भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘समाजमा शान्ति र मेलमिलाप भंग गर्ने नियोजित षड्यन्त्र स्वरूप सत्तापक्षकै कार्यकर्तासमेतको नेतृत्वमा भएको यस घटनाको हाम्रो पार्टी घोर निन्दा र भर्त्सना गर्दछ । साथै यस्ता अवाच्छित कार्यमा संलग्नहरू माथि कडा कानूनी कारबाही गर्न जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
















प्रतिक्रिया