३ कार्तिक २०८३, मंगलबार

मिटरब्याजलाई फौजदारी कानूनमा समेट्ने गरी मन्त्रिपरिषद्ले विधेयक स्वीकृत गरिसकेको छ: गृहमन्त्री श्रेष्ठ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ वैशाख । गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितसँग गरिएको सम्झौतालाई कार्यान्वयन गर्दै समस्या सदाका लागि अन्त्य गरिने बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै श्रेष्ठले मिटरब्याजलाई फौजदारी कानूनको परिभाषामा समेट्ने गरी मुलुकी फौजदारी संहिता संशोधन मस्यौदा विधेयक मन्त्रिपरिद्ले स्वीकृत गरिसकेको र छिटै संसदमा पेश गरिने जानकारी दिए ।

उनले नागरिकता सम्बन्धी कानूनलाई सबैको सहमतिमा नै अघि बढाउनका लागि सरकार प्रतिवद्ध रहेको उल्लेख गरे ।

श्रेष्ठले शान्तिप्रक्रियाका बाँकी कामलाई अघि बढाउनका लागि सबैको सहयोग आवश्यक रहेकाले सबैको भावना अनुसार नै संक्रमणकालीन न्यायसंग सम्बन्धीत कानूनलाई अघि बढाइने धारणा राखे ।