२९ आश्विन २०८३, बिहिबार

भारतमा कोरोनाका बिरामी बढे

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, १३ वैशाख । भारतमा विगत दुई दिनदेखि कोरोनाका बिरामी बढेका छन् ।

मङ्गबारको तुलनामा आज करिब ४० प्रतिशतले बिरामी बढेका केन्द्रीय परिवारस्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बुधबार नौ हजार छ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको तथा २९ जनाले ज्यान गुमाएका छन् ।

मङ्गलबार छ हजार नौ सय ३४ जना सङ्क्रमित थपिएका थिए भने सोमबार छ हजार तीन सय जना बिरामी फेला परेका थिए ।

हाल भारतमा ६१ हजार १३ जना सक्रिय सङ्क्रमित छन भने चार करोड ४३ लाख २३ हजार ४५ जनाले कोभिड–१९बाट पूर्ण स्वास्थ्यलाभ गरेका उक्त मन्त्रालयले जनाएको छ ।