
काठमाडौं, १३ वैशाख । संसदीय सुनवाइ समितिमा रहने सदस्यहरूको टुंगो लागेको छ ।
राष्ट्रिय सभाको बुधवार बसेको बैठकले संसदीय सुनुवाइ समितिमा ३ जना राष्ट्रिय सभा सदस्यहरूलाई मनोनयन गरेको हो।
समितिको सदस्यका लागि नेकपा माओवादी केन्द्रका जगप्रसाद शर्मा, नेकपा एमालेका देवेन्द्र दाहाल र नेपाली कांग्रेसका रमेशजंग रायमाझी चयन भएका हुन् ।
१५ सदस्यीय समितिमा राष्ट्रिय सभाबाट ३ र प्रतिनिधि सभाबाट १२ जना सदस्य चयन हुन्छन् । प्रतिनिधि सभाबाट कांग्रेस र एमालेको समान ४-४ जना र माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादीबाट थप १-१ जना समितिमा चयन हुनेछन्।















प्रतिक्रिया