३ कार्तिक २०८३, मंगलबार

साथीलाई निर्घात कुटपिट गरी भिडिओ बनाउने १३ जना किशोरी पक्राउ

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ वैशाख । साथीलाई निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले १३ जना किशोरीलाई पक्राउ गरेको छ ।

मोरङको मिक्लाजुङ गाउँपालिका-३ मा रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययन गर्ने १४ वर्षीया किशोरीलाई निर्घात कुटपिट गरेको आरोपमा सोही विद्यालयमा अध्ययनरत १३ जना किशोरीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले आफ्नै साथीलाई कुटपिट गरेर भिडिओ बनाएर सामाजिक सञ्जालमा हालेका थिए । भिडिओ सार्वजनिक भएपछि घटनाको चौतर्फी आलोचना भएको थियो ।

निर्घाट कुटपिटबाट गम्भीर घाइते भएकी १४ वर्षीया किशोरीको विर्तामोडको बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

पक्राउ परेका किशोरीहरूलाई ज्यान मार्ने उद्योगमा ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।