३ कार्तिक २०८३, मंगलबार

देश बनाउने, विकास गर्ने कामको नेतृत्व एमालेले गर्छ: ईश्वर पोखरेल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ वैशाख । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश बनाउने र विकासको कामको नेतृत्व एमालेले मात्रै गर्ने बताएका छन् ।

मनमोहन अधिकारीको २४ औँ स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले राष्ट्रिय राजनीतिमा अहिले दुई केन्द्र देखापरेको भन्दै एउटा केन्द्र एमालेले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको, देश बनाउने र विकासको कामको नेतृत्व गरिरहेको बताए ।

वर्तमान गठबन्धन सिद्धान्तविहीन, उद्देश्यविहीन र लोकतन्त्रको मूल्य मान्यताविपरित रहेको उनको धारणा छ ।

‘मनमोहन अधिकारीका विचार र कामहरूलाई अघि बढाउन जरुरी छ । आज हामी जुन अवस्था छौँ । एउटा राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता छ । राष्ट्रिय शक्ति निर्माण गरिरहँदा राष्ट्रको स्वार्थलाई सर्वोपरि राखेर अघि बढ्नुपर्ने आवश्यकता छ’ पोखरेलले भने, ‘यो आवश्यकता परिपूर्ति गर्नको लागि मनमोहन अधिकारीका विचारबाट अभिप्रेरित भएर अघि बढ्नुपर्ने आवश्यकता छ । राष्ट्रिय राजनीतिमा दुई केन्द्र देखापरेका छन्, एउटाले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको, देश बनाउने, विकास गर्ने कामको नेतृत्व गर्छ, त्यो नेकपा एमाले हो । ‘एउटा सिद्धान्तविहीन, उद्देश्यविहीन र लोकतन्त्र मूल्य मान्यताविपरित गठबन्धन खडा गरिएको छ । जुन गठबन्धन मुलुकलाई धराशायी बनाउने गलत दिशातर्फ लैजाने काम गरिरहेको छ,’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भने ।