३ कार्तिक २०८३, मंगलबार

वामदेव गौतमविरूद्वको मुद्दाको सुनुवाई हुँदै

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ वैशाख । वामपन्थी नेता वामदेव गौतमविरूद्वको मुद्वाको आज सुनुवाई हुँदैछ ।

नेकपा विभाजनपछि गौतम एकता राष्ट्रिय अभियान नामक पार्टी गठन गरेर छुट्टै गतिविधि सञ्चालन गर्दै आएका गौतमलाई राष्ट्रिय सभा सदस्य बनाइएको विरोधमा दायर रिटमाथि आज सुनुवाई हुन लागेको हो ।

बर्दियाबाट प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका गौतमलाई राष्ट्रिय सभा सदस्य बनाइएको विरोधमा सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रिराज भट्टले छुट्टाछुट्टै मुद्वा दायर गरेका थिए ।