२९ आश्विन २०८३, बिहिबार

विश्वबाटै लोप हुन लागेको दुर्लभ ध्वाँसे चितुवा उदयपुरमा भेटियो

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, १२ वैशाख । डिभिजन वन कार्यालय उदयपुरले विश्ववाट नै लोप हुन लागेको दुर्लभ ध्वाँसे चितुवाको उद्दार गरेको छ ।

उदयपुरको बेलका नगरपालिका–९ यशोधा खोलामा घाइते अवस्थामा रहेको दुर्लभ पोथी जातको ध्वाँसे चितुवालाई उद्दार गरेर चितवन राष्ट्रिय निकुञ्ज पठाएको हो ।

बेलका नगरपालिकाको वन क्षेत्रमा फेला परेको उक्त घाइते चितुवालाई चितवनस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष, जौविक विविधता संरक्षण केन्द्रमा पठाइएको डिभिजनल वन अधिकृत डा. ईन्द्र प्रसाद सापकोटाले जानकारी दिए ।

नेपालको संरक्षित तथा अति लोपोन्मुख वन्यजन्तुको लअनुसूची १ मा रहेको ध्वाँसे चितुवा नेपालमा करिब ४ सय र विश्वमा तीन हजारको हाराहारीमा मात्र रहेको अनुमान छ ।

वन कर्मचारीले गस्तिको क्रममा वेलकाको वन क्षेत्रमा घाईते अवस्थामा फेला परेको चितुवालाई भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र उदयपुर र कोशीटप्पु बन्यजन्तु आरक्षको पशु विज्ञ चिकित्सकको टोलीले प्राथामिक उपचार गरी थप उपचार र संरक्षणका लागि चितवन पठाइएको डिभिजन वन कार्यालय उदयपुरले जनाएको छ ।