३ कार्तिक २०८३, मंगलबार

बारा-२: उपेन्द्र यादवसँग लगातार मतान्तर घटाउँदै कुशवाह

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख । बारा निर्वाचन क्षेत्र नम्बर-२ को मतगणना प्रतिस्पर्धात्मक बनिरहेको छ ।

जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवलाई पछ्याइरहेका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहले निरन्तर मतान्तर घटाइरहेका छन् ।

यसअघि पाँच हजारले पछाडि परेका कुशवाहले मतान्तर घटाउँदै २८ सय कायम गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार जसपाका यादवले २० हजार ४६३ मत पाएका छन् भने कुशवाहले १७ हजार ७९८ मत पाएका छन् ।

यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार पुरूषोतम पौडेलले ६ हजार १२१ मत पाएका छन् । मतगणना जारी छ ।