२९ आश्विन २०८३, बिहिबार

फास्ट ट्रयाकका लागि जग्गा प्राप्तीको काम टुङ्गो लगाउने मन्त्रिपरिषदको निर्णय

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौँ तराई मधेश द्रुत मार्ग (फस्ट ट्रयाक) सडक आयोजना अन्तर्गत केही स्थानको जग्गा प्राप्तीको कामलाई छिट्टै टुङ्गो लगाउने निर्णय गरेको छ ।

सिंहदरबारमा आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोजना अन्तर्गत ललितपुरको खोकना क्षेत्रको जग्गा प्राप्तीका लागि उच्चस्तरीय समितिले काम अघि बढाएको र अब छिट्टै नै जग्गा प्राप्तीको कामलाई छिटै टुङ्गो लगाउने निर्णय गरेको हो ।

यसअघिको मन्त्रिपरिषद् बैठकले सो क्षेत्रको जग्गा प्राप्तिको समस्या समाधानका लागि सहजीकरण समिति गठन गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

त्यस्तै बैठकले सशस्त्र प्रहरी बल नियमावली संशोधन गर्ने र जग्गा कित्ताकाटसम्बन्धी विषयलाई अर्थ तथा प्रशासनिक समितिमा पठाउने निर्णय गरेको मन्त्री ज्वालले जानकारी दिएका छन् ।

बैठकले कृषि मन्त्रालयको प्रस्तावमा गुणस्तरसम्बन्धी ऐनलाई सम्बन्धित समितिमा छलफलका लागि पठाउने निर्णय गरेको मन्त्री ज्वालाले जानकारी दिए ।