२९ आश्विन २०८३, बिहिबार

पार्टी र नेताहरुविरुद्ध सामाजिक सञ्जालमा थेग्नै नसक्ने गरी आक्रमण भइरहेको छः शेरबहादुर देउवा

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,१२ वैशाख। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी र नेताहरुविरुद्ध सामाजिक सञ्जालमा थेग्नै नसक्ने गरी आक्रमण भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदलीय दलको बैठकमा सभापति देउवाले पार्टी र नेताहरुविरुद्ध सामाजिक सञ्जालमा थेग्नै नसक्ने गरी संगठित आक्रमण गरिएको गुनासो गरेका हुन्।

अगामी आर्थिक वर्षको बजेट निर्माणको छलफलका लागि सोमबार र मंगलबार बोलाइएको संसदलीय बैठकमा सोमबार सभापति देउवाले पार्टीमा धेरै सुधार गर्नुपर्ने बताए।

देउवाले समाजिक सन्जालमार्फत पुराना दल विरुद्ध नयाँ दलहरु जथाभावी र आक्रामक रुपमा उत्रनु ठिक नभएको बताए। उपनिर्वाचनमा पुरानो दललाई मत दिनु हुँदैन भाष्य समाजिक सञ्जालले निर्माण गरेको देउवाको भनाइ थियो।