
काठमाडौं, १२ वैशाख । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मन्त्रिपरिषदको बैठकका निर्णयहरूमा अख्तियार नलाग्ने व्यवस्था रहेसम्म नेपालमा भ्रष्टाचार नियान्त्र गर्न नसकिने बताएका छन् ।
आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा भ्रष्टाचार निवास (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गर्दै उनले मन्त्रिपरिषदको बैठकका निर्णयहरूमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पहुँच हुनुपर्ने बताएका हुन् ।
नेपालीको सम्पत्ति निर्धारण नगरेसम्म, व्यक्तिगत सम्पत्ति कुम्ल्याउने होडबाजी जारी रहँदासम्म र विदेशमा नेपालीले सम्पत्ति राख्न पाउने व्यवस्था रहेसम्म मुलुकमा भ्रटाचार नरोकिने उनको भनाइ छ ।
भ्रष्टाचारका अभियोग लागेका कतिपय पुष्टि भएका प्रतिष्ठित व्यक्तिहरूलाई हथकडी नलगाउँदा पनि मुलुकमा भ्रष्टाचार बढिरहेको उनले बताएका छन् ।
यस्तै उनले आन्तरिक उत्पादन वृद्धि गर्ने योजना नबनाउँदा र दाल, चामल र तेललगायत अनेक खाद्य वस्तुको आयात नरोकिदासम्म पनि भ्रष्टार कायम रहने तर्क गरेका छन् । आयातको नाममा विभिन्न व्यक्तिहरूले अनधिकृत नाफा र कमिशनको खेल खेलिरहेको उनको विचार छ ।















प्रतिक्रिया