२९ आश्विन २०८३, बिहिबार

भारत र पाकिस्तानबीच लडाई हुने सम्भावना बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi-इस्लामावाद, १० जेठ । भारतीय रक्षामन्त्रीको आतङ्कवादसम्बन्धी हालैको अभिव्यक्तिको पाकिस्तानले कडा विरोध गरेको समाचार छ ।

पाकिस्तानले सो भनाइप्रति आपत्ति जनाएको आइतबार प्राप्त समाचारमा जनाइएको छ । सो भनाइप्रति आपत्ति जनाउदै पाकिस्तानले आतङ्कवादजस्तो साझा समस्याका विरुद्धमा छिमेकी देशका रुपमा संयुक्त रुपमा लड्नुपर्नेमा यस्तो धारणा आउनु दुःखद हो भनेको छ ।

भारतीय रक्षामन्त्री मनोहर परिकारले भारतमा आतङ्कवादी हमला गर्ने वा दुःख दिने विदेशीहरुलाई भारतले पनि आतङ्ककारीहरुकै प्रयोग गरी प्रतिकार गर्ने अभिव्यक्ति सार्वजनिक गर्नुभएको थियो ।

उहाँले बिहीबार सो धारणा राख्नुभएको थियो । उहाँको भनाइलाई उद्धृतगर्दै भारतीय सञ्चारमाध्मले सो समाचार सार्वजनिक गरेपछि भारतमा पनि विरोध भएको थियो ।

भारतमै पनि उहाँको भनाइप्रति विभिन्न टिकाटिप्पणीहरु सार्वजनिक भइरहेका बेला पाकिस्तानले पनि शनिबार उक्त भनाइको प्रतिकार गरेको हो ।

उहाँले भारतमा आतङ्कवादी क्रियाकलापहरुलाई आतङ्कवादी नै प्रयोग गरेर ठीक पार्ने बताउनुभएको थियो ।

तर सो भनाइलाई भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालले भने सामान्यीकरण गर्न खोज्नुभएको थियो । उक्त भनाई विवादास्पद नै रहेको भनी यसप्रति भारतीय राजनीतिमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।

पाकिस्तानको राष्ट्रिय सुरक्षा एवम् विदेश मामिलासम्बन्धी सल्लाहकार सर्ताज अजिजले भारतीय रक्षामन्त्रीको उक्त भनाइप्रति गम्भीर चासो व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभयो– मलाई लाग्छ भारतीय रक्षामन्त्रीको यो अभिव्यक्ति पाकिस्तानलाई नै लक्ष्य गरेर वा अनुमान गरेर आएको हुनुपर्छ, जुन दुःखद छ ।

अजिजले प्रकाशन गर्नुभएको विज्ञप्तिमा भन्नुभएको छ– भारतको इतिहासमा त्यहाँका निर्वाचित सरकारका मन्त्रीले यसरी अर्काे कुनै अमुक देशलाई ठीक पार्नका लागि आफैले आतङ्कवादीको प्रयोग गर्छु भनेको यो नै पहिलो घटना हुनसक्छ ।

सो विज्ञप्तिमा भनिएको छ– हामी त भारतसँग एक राम्रो कूटनीतिक सम्बन्धको बाटोमा रहेका छौँ र आगामी दिनमा पनि हामी भारतलाई एक असल छिमेकी देशका रुपमा व्यवहार गर्न चाहेका छौँ ।

वास्तवमा आतङ्कवाद सबैको साझा समस्या नै हो र यो भारतको पनि हो । त्यसैले यसको निराकरणका लागि हामी छिमेकी देशको हैसियतले एक भएर लड्नसक्छौँ र त्यसका लागि हामी भारतसँग सहकार्य गर्न पनि तयार छौँ– अजिजको विज्ञप्तिमा उल्लेख छ । रासस/सिन्ह्वा